तरकारीवालीको ‘लम्फू’ वैशाखमा आउने

वैशाखमा तरकारीवालीको ‘लम्फू’ आउने

काठमाडौं–तरकारीवालीका रूपमा भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठको डेब्यु अभिनय रहेको फिल्म ‘लम्फू’ नयाँ वर्षको छेको पारेर आगामी वर्षको वैशाख २८ गते रिलिज हुने भएको छ।

गोपालचन्द्र लामिछाने निर्देशित फिल्मको छायांकनको लागि नै लामो समय लागेपछि यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी कुसुमले फिल्मबाट प्राप्त पारिश्रमिक केही समयअघि सामाजिक काममा लगाइसकेको घोषणा गरेकी थिइन्।

फिल्ममा कुसुमसँगै कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईको पनि अभिनय छ । ओस्कार इन्टरनेशनल कलेजबाट अभिनयमा स्नातक गरेका कबिरले पनि यसै फिल्ममार्फत फिल्मी अभिनयमा डेब्यु गरेका हुन्।

निर्देशक लामिछानेका अनुसार फिल्मले एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटनाहरूलाई प्रस्तुत गरेको छ । ‘फिल्ममा प्रेमकथा गौण छ । यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको छ,’ उनले भने।

पपुलर मल्टिमिडियाको व्यानरमा बनेको फिल्ममा शक्तिबल्दब घोरासैनीको लगानी छ । निर्देशक लामिछानेले यसअघि ‘बोक्सी’, ‘द मिरर’, ‘किन लाग्छ माया’ र ‘ओ माइ म्यान’ निर्देशन गरिसकेका छन्।

फिल्ममा भूपतिको लेखन, हरि सिलवालको सम्पादन, अर्जुन पोखरेलको संगीत र दीपक बज्राचार्यको छायांकन छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

21215