बालिकामाथि यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका मेजर पक्राउ

बालिकामाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक मेजरमाथि अनुसन्धान अघि बढाएको छ।

मेजर प्रभवविक्रम शाहलाई प्रहरीले पक्राउ गरी गत साता सेनालाई बुझाएको खबर नयाँपत्रिकामा छ।

सैनिक ऐनअनुसार प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले सेनालाई बुझाइएको हो । ‘मेजर शाह सैनिक प्रहरीको हिरासतमा छन्, उनीमाथि प्रहरीले छानबिन गरिरहेको छ’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार बालिकामाथि अप्राकृतिक यौन गतिविधि गरेको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएका थिए। शाहमाथि अनुसन्धान जारी रहेको डिएसपी पौडेलले जानकारी दिए। मेजर शाह २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन्।





Comments

comments

Leave a Reply

21522