आज पृथ्वीजयन्ती मनाईंदै, सार्वजनिक बिदा

सरकारले पृथ्वीनारायण शाहको जन्मदिन पारेर मनाइने राष्ट्रिय एकता दिवसमा (आज) बिहीबार बिदा दिएको छ।

०६२ सम्म सरकारले २७ पुसमा सार्वजनिक बिदा दिँदै आएको भए पनि ०६३ देखि २७ पुस दिने सार्वजनिक बिदा कटौती गरिएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २७ पुसमा २९६ औँ पृथ्वीजयन्ती मनाउन सरकारी बिदा दिने निर्णय गरेको खबर नयाँ पत्रिकामा छ।

सरकारीतवरमा आज प्रज्ञा प्रतिष्ठानको संयोजकत्वमा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ । सिंहदरबारको मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

‘सिंहदरबारको मूलगेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपतिज्यू बिहान ११ः३० बजे पुग्ने कार्यक्रम तय भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने।

राजावादी पार्टीका पनि छुट्टाछुट्टै कार्यक्रम

राजसंस्थालाई मुख्य आदर्श मान्ने पार्टीहरूले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा आज छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । कमल थापा नेतृत्वको राप्रपाले पदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।





Comments

comments

Leave a Reply

21525