Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिका नेपाल सोसाईटीको सभापतिमा तिवारी निर्बिरोध निर्वाचित

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। उत्तर अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्षमा जीवन तिवारी निर्बिरोध निर्वाचित भएका छन्।

नेपालको लागि अमेरिकाका पूर्वराजदूत एल्स्वर्थ बंकर प्रथम मानार्थ सभापति रहेको उक्त संस्था बंकर भियतनाम युद्धमा व्यस्त भएको समयमा १९६७ मा वाशिंगटन डिसीमा नेपाली समुदायको लागि स्थापना गरि दिएका हुन्।

निर्बिरोध निर्वाचित भएका तिवारी नेपाल कास्की घर भै हाल एक दशकदेखि अमेरिकाको मनासस शहरमा बसोबास गर्दै आएका छन्। उनले अमेरिका नेपाल समाजको बिभिन्न पदमा काम गरि प्रथम उपाध्यक्षबाट आफ्नो उम्मेदवारी दिएका हुन्। र , सात सदस्यीय समितिमा एक महिलाको प्रतिनिधित्वसहित सबै पदका उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका छन्।

निर्बिरोध निर्वाचित भएका तिवारीले बिद्यार्थीहरुलाई समुदायमार्फत निशुल्क नेपाली भाषा सिकाउने, हाजिरी जवाफ प्रतियोगिता ,छात्रवृद्धि ,खेलकुद ,संबिधानको लेखन समयमा हुनु पर्ने जस्ता महत्वपूर्ण कुराहरुमा आवाज उठाउनुको साथै नेपालको पर्यटन क्षेत्रको विकासको लागी काम गर्ने भनि सार्बजनिक रुपमा प्रतिबद्धता जाहेर गरेका थिए।

सबै वर्गलाई समेट्दै नेपाली समुदायलाई स्थापित गर्ने आफ्नो लक्ष्य भएको बताउदै आफ्नो समिति राम्रो भएकोमा खुशी ब्यक्त गर्दै समुदायलाई धन्यबाद दिएका छन्। अक्टोबर १९ तारिखका दिन निर्वाचनको मिति राखिएको भएता पनि निर्बिरोध निर्वाचित भएकोले सोही दिन हस्तान्तरण कार्यक्रम हुने भएको छ।

२०१४ -२०१६ सम्मको उक्त समितिमा जीवन तिवारी अध्यक्ष,चन्द्र बरालप्रथम उपाध्यक्ष, थल बहादुर चन्द ,द्वितीय उपाध्यक्ष,प्रेम प्रसाद पौडेल, महासचिब रामभक्त अध्कारी ,सचिब यशोधा भण्डारी कोषाध्यक्ष तथा पत्रकार सुजित अर्याल संचार संयोजकमा निर्बिरोध निर्वाचित भएका छन्।





Comments

comments

2155