हङकङबाट बहुमतबाट होइन सहमतिबाट संविधान जारी गराउने आन्दोलनमा समर्थन

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १२ अक्टुवर। पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि बहुमतबाट होइन सहमतिबाट संविधान जारी गराउने उदेश्यले नेपालमा भइरेको आन्दोलनप्रति हङकङमा विभिन्न संघसंगठनहरुको चासो वढेको छ।

हङकङमा रहेपनि नेपालवारे चासो राख्दै एनेकपा (माओवादी) हङकङ शाखाको अध्यक्ष रविन लिङदेनको संयोजकत्वमा पहिचानवादी पार्टीहरु र नेपाल आदिवासी जनजाति महासंघ हङकङलगायत विभिन्न सामाजिक संघ–सस्थाहरुको समेत उपस्थितिमा वैठक वसि एक प्रेस विज्ञप्ति जारी गरेको छ।

नेपालमा “संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय गठवन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय गठवन्धन”मा आवद्ध २२ राजनैतिक पार्टीहरुको संयुक्त कार्यक्रमलाई हङकङबाट एेक्यवद्धता जनाउदै अबि चन्द्र इङनाम केन्द्रिय अध्यक्ष रहेको अर्को पार्टी “लिम्बुवान राष्ट्रिय मोर्चा” पनि थपिएको छ। उक्त आन्दोलनलाई समर्थन गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङ पनि थपिएको छ।

प्रेस विज्ञप्ति
नेपालको ठूला–ठूला राजनैतिक घटनाक्रमहरु, सामाजिक परिवर्तनहरु लगायत विभिन्न किसिमको परिवर्तनहरुमा प्रवासी नेपालीहरुले अत्यन्तै नजिकबाट हेर्नुका साथै आ–आफ्नै पहुचअनुसार सहकार्य, सहयोग, समर्थन, र सदभाव राख्दै आइरहेको छ । विशेषतः २००७ साल यता देखिको राजनैतिक परिवर्तनहरुमा प्रवासी नेपालीहरुको भूमिकाले महत्वपूर्ण योगदान पु¥याउदै आएको सवैमा प्रष्टै छ।

दश वर्षे जनयुद्ध, २०६२÷६३ सालको जनआन्दोलन, मधेस विद्रोह र आदिवासी जनजाति आन्दोलनको वलमा भएको क्रान्तिकारी परिवर्तनहरु अहिलेसम्म पनि सस्थागत हुन नसक्नुले समग्र हामी राष्ट्र प्रेमी, देश प्रेमीहरुको चिन्ता र चासो स्वभाविक रुपमा बड्दो छ । राज्य पुनर्संरचनाको विषयमा “आदिवासी जनजाति, मधेसी जनता, पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहानालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने छ” भन्ने नेपालको अन्तरिम संविधान २०६३ को भावना परिस्थिति प्रतिकूल बनेकोले पहिलो संविधानसभा ढलेको ठहर गरेका छौं।

दोश्रो संविधानसभाबाट पनि यथास्थितिवादी र प्रतिगामी शक्तिहरुको कारण समय प्रतिकुल बन्दै गइरहेको स्थितिको अनुभूति भइरहेको छ । यस्तो अवस्थामा देशको भविष्यसँग जोडिएको १२ बुँदे समझदारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता तथा विगतमा आदिवासी जनजाति, मधेसी लगायत विभिन्न शक्तिहरुसंग भएका सम्झौता र सहमतिको मर्म विपरित बहुमतिय प्रकृयाबाट पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माणको काम फेरीपनि तुहिने अवस्था देखिरहेको छौं।

नेपाललाई स्वतन्त्र, समतामूलक, न्यायपूर्ण, विभेदरहित, समृद्ध, धर्म निरपेक्ष, समानुपातिक समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुराष्ट्रिय राज्य निर्माणको अन्तिम विन्दु भनेकै “पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान” निर्माणको काम नै हो । देशमा पहिचान र अधिकार सहितको सङ्घीय संविधान जारी गर्ने कुरामा षडयन्त्र भइरहेको अनुभुति सहित “संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय गठवन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय गठवन्धन”मा आवद्ध २२ राजनैतिक पार्टीहरुको संयुक्त कार्यक्रम मार्फत सहमतिबाट संविधान जारी गराउन दवाद दिने उदेश्य सहित सहकार्य गर्दै संघर्षका कार्यक्रमहरु घोषणा भइसकेको अवस्थामा प्रवास स्थित सिङगो हङकङवासी नेपालीहरुको तर्फबाट निम्न राजनैतिक दल संग आवद्ध संघ–संगठनहरु तथा अन्य राजनैतिक दलहरु र नेपाल आदिवासी जनजाति महासंघ हङकङ मार्फत उक्त संघर्षका घोषणा कार्यक्रमलाई पूर्ण समर्थन सहित आ–आफ्नो ठाउबाट सदभाव कायम राख्दै, समर्थन र सहयोग गर्दै नेपाली जनताको युगान्तकारी परिवर्तनको लागि “पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान” निर्माणको काममा दवाव सृजना गर्न सम्पूर्ण सचेत नेपाली नागरिकहरुमा एक्यवद्धताको लागि हार्दिक आव्हान गर्दछौं।

१) रविन लिङदेन
अध्यक्ष एनेकपा (माओवादी) हङकङ शाखा
२) हेजेन राई
कावा अध्यक्षः समावेसी नेपाली समाज “ईन्स”
३) अबि चन्द्र इङनाम
केन्द्रिय अध्यक्षः लिम्बुवान राष्ट्रिय मोर्चा
४) हरिश चन्द्र लाओती
उपाध्यक्षः संघीय लिम्बुवान पार्टी नेपाल, प्रवास कार्यसमिति हङकङ
५) भिम थापा मगर
सचिवः राष्ट्रिय जनमुक्ति पार्टी हङकङ शाखा
सामाजिक सस्था
६) एम वी थापा मगर
अध्यक्षः नेपाली आदिवासी जनजाति महासंघ हङकङ

मितिः १२ अक्टुवर २०१४





Comments

comments

2165