सिलवाललाई पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने एमालेको चेतावनी

एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए।

जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै एमालेले पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ।

‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधि पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यो नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

21713