Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गम्भीर सुरक्षा थ्रेटपछि नेपाल एयरपोर्टमा कडा सुरक्षा

काठमाडौं, ३१ असोज। नेपालमा गम्भीर सुरक्षा थ्रेट भएको भन्दै नेपालस्थित भारतीय दूतावासले गोप्य लिखित सूचना दिएपछि गृह मन्त्रालयले सिरियालगायत इस्लामिक मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई गम्भीरतासाथ निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

सूचना सार्वजनिक भएपछि सुरक्षा निकायका प्रमुखहरूको बैठक दिनहुँजसो बसिरहेको छ। सोही विषयबारे छलफल गर्न बिहीबार गृहसचिवको अध्यक्षतामा बसेको सुरक्षा प्रमुखहरूको बैठकले सिरियालगायत इस्लामिक मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्दा विशेष निगरानी गर्नुपर्ने निष्कर्ष निकालेको समाचार अन्नपूर्णपोस्टमा छापिएको छ।

प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले विमानस्थलको सुरक्षामा कडाइ गर्न सुरक्षा डेस्क खडा गरिएको बताए। उक्त डेस्कले विमानस्थल सुरक्षामा खटिएका प्रहरीसँग समन्वय गरी विदेशी यात्रुको गतिविधि निगरानी गर्नेछ। उक्त डेस्कले बुधबार नै काम सुरु गरिसकेको छ। नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई गम्भीरतासाथ निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनसमेतलाई दृष्टिगत गरी विमानस्थलमा छुट्टै सुरक्षा संयन्त्र स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ।





Comments

comments

2179