हिमपातका कारण डोल्पामा ६० पर्यटकसहित १०० बेपत्ता

डोल्पा, ३१ असोज। हिमपातमा परी माथिल्लो डोल्पा घुम्न गएका ६० जना विदेशीसहित झण्डै एक सय पर्यटक बिहीबार साँझसम्म सम्पर्कविहीन छन्।

उपल्लो डोल्पा पुगेका १० वटा पर्यटक समूह मंगलवारदेखिको हिमपातमा परेका हुन्। उनीहरुमध्ये १७ सदस्यीय एक समूह बिहीबार दिउँसो सम्र्पकमा आएपछि अरु बेखबर रहेको खुलेको सीजी ट्रेकिङ स्टोरका हिम थापाले बताए। ‘हाम्रो सम्पर्कबाट गएका यी समूह सम्र्पकमा नआउँदा चिन्ता बढेको छ,’ उनले भने।

सीजी ट्रेकिङका अनुसार, माथिल्लो डोल्पा पुगेका ११ मध्ये पाँच समूह जोमसोम निक्लिने लक्ष्य रहेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। तीन समूह पुथा हिमाल चढ्न गएको हो। सम्पर्कविहीन मध्ये ६ समूह अपर डोल्पा, ५ समूह जोमसोम निक्लने र २ समूह तल्लो डोल्पा झर्ने पर्यटकहरु छन्। टोलीमा ६० विदेशी पर्यटक र कुक, भरिया तथा गाइड छन्।

माथिल्लो डोल्पा गएका तथा पर्यटनमा पर्यटकहरु सम्पर्कविहीन रहे पनि विपतमा पर्ने सम्भावना न्यून रहेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए। ‘कतै बाटोमै सुरक्षित होलान भन्ने आशा छ,’ उनले भने।





Comments

comments

2287