५ महिनामा कुन मन्त्रीले कति लुटे?

काठमाडौं, १ कात्तिक। प्रधानमन्त्रीसहित २३ मन्त्रीले जिल्ला भ्रमणमा राज्य कोषबाट ६८ लाख रुपैयाँ खर्च गरेका छन्। प्रधानमन्त्री सुसील कोइराला नेतृत्वको मन्त्रिपरिषद् गठन भएको ५ महिनामा यो रकम खर्च भएको हो।

मन्त्रीहरुले जिल्ला भ्रमणमा जाँदा हवाइटिकट, दैनिक भ्रमण भत्ता र होटलबासमा खर्च गरेका हुन् ।

तर श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जिल्ला भ्रमण खर्चका नाममा कुनै रकम नलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७०, ७१ मा मन्त्रीहरुले जिल्ला भ्रमणमा ८६ लाख ९४ हजार २ सय ८८ रुपैयाँ खर्च भएको छ।

प्रधानमन्त्री सुशील कोइरालाले १ लाख ३० हजार ५ य ८०, उपप्रधानमन्त्री बामदेव गौतमले ३ लाख ४५ हजार, उपप्रधानमन्त्री प्रकाशमान सिंहले ५ लाख १० हजार, अर्थमन्त्री रामशरण महतले २ लाख ७७ हजार, संचारमन्त्री मिनेन्द्र रिजालले ५ लाख १७ हजार, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले ७५ हजार, महिला राज्यमन्त्री निलम केसीले २६ हजार खर्च गरेका हुन्।





Comments

comments

2293