Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बढ्दै कुमारी आमा, प्रेमी र बलात्कार मुख्य कारण

गुल्मी, १ कात्तिक। दुर्गम गाँउ दर्लिङ ५ की धनी विश्वकर्माको छोराको उमेर १५ वर्ष पुग्यो। १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी व्यवस्था भएपनि अहिलेसम्म उनका बाबुको पहिचान हुन सकेको छैन।

सुरुमा धनीले नै धेरैलाई छोराको बाबु दाबी गरेपछि स्थानीयले समेत पहिचान गराईदिन नसक्दा अहिलेसम्म समस्यामा छन्। दर्लिङ २ कै सुस्त मनसिथतिकी एक युवतीको छोरा ६ वर्षको पुग्दा समेत बाबुको पत्तो छैन। बोल्न नसक्ने ती किशोरीलाई कसले बलात्कार गर्यो भन्ने पत्तो नलाग्दा छोराको बाबु खोज्न नै समस्या परिरहेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

दर्लिङका विभिन्न गाँउमा मात्र यस्ता आमा ५ जना छन्। अन्तरजातीय विवाहको प्रभोलन देखाउँदै ३ वर्षअघि धुर्कोटबस्तु ३ का रामचन्द्र पाण्डेले १२ वर्षीया किशोरीसँग सम्बन्ध राखे। किशोरी गर्भवती भएपछि दलितलाई बुहारी स्वीर्कानु पर्ने बाध्यतताले पाण्डे परिवारले गाउँ नै छाडे। ती किशोरी अहिले अलपत्र छिन्।





Comments

comments

2295