अनेसास हङकङको पुनर्गठन

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हङकङ च्याप्टरको पुनर्गठन भएको छ।

भविन लिम्बूको अध्यक्षतामा पुनर्गठित समाजका उपाध्यक्षमा रमण गुरुङ, महासचिवमा पूर्णिमा शाह, सचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा सुनिता गिरी चयन भएका छन्।

आगामी बैठकमा सदस्यहरु थपिदै लगिने जनाएको पुनर्गठित समाजका पदाधिकारीहरुलाई सल्लाहकार टंक सम्बाहाम्फेले खादा अोढाएर अौपचारिक रुपमा कार्यभार सुम्पेका थिए।

नयाँ कार्यसमितिले समाजका संस्थापक सदस्यहरुलाई सल्लाहकारमा चयन गरिएको छ।

२००४ जुलाई ३० तारिखका दिन पशन तमूको अध्यक्षतामा अनेसास हङकङको स्थापना भएको थियो। समाजका संस्थापक अध्यक्ष पशन तमू केन्द्रीय सचिव (२००८-२०१०) मा निर्वाचित भएपछि दोश्रो कार्यकालको लागि मोती चाम्लिङको अध्यक्षतामा नयाँ कार्यसमिित गठन भएको थियो। तर चाम्लिङले कार्यव्यस्तताका जनाउंदै राजीनामा दिएपछि अनेसास हङकङ निस्क्रिय जस्तै बनेको थियो।

हालै हङकङका साहित्यकारहरुको एक प्रतिनिधि समूहले अनेसास हङकङका संस्थापक अध्यक्ष पशन तमू र महासचिव टंक सम्बाहाम्फेलगायतसंग सरसल्लाह र सुझाव लिएर अनेसास हङकङको पुनर्गठन गरेको हो।

अनेसास हङकङले पुनः नयाँ जीवन पाएकोमा अनेसासका संस्थापक अध्यक्ष तमू र महासचिव सम्बाहाम्फेले खुशि व्यक्त गर्दै नयाँ कार्यसमितिका सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।





Comments

comments

Leave a Reply

21823