सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान, नेपालआइस नेचुरा मिस पूर्वाञ्चल २०१७ को बिजेता रुबी लिम्बुलाई यामाहा स्कुटीको धरान बिक्रेता
गजुरमुखी ट्रेडर्सले शुक्रबार एक कार्यक्रमका बीच यामाहा फेसिनो स्कुटी प्रदान गरेको छ।
गजुरमुखी ट्रेडर्सका सीइओ गोपाल आचार्य, बराह ज्वेलारीका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे ,नेपाल पत्रकार महासंघका सभापति अमर खड्का , उपसभापति सन्तोष काफ्ले र आयोजक सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपालीले संयुक्त रुपमा बिजेता लिम्बुलाई यामाहा फेसिनो स्कुटी प्रदान गरिएको थियो।
उनलाई रु १ लाख ९४ हजार नौ सय बराबरको स्कुटी प्रदान गरिएको छ। गएको डिसेम्बर २६ मा हङकङ साँझ कार्यक्रममा सहभागी भएर धरान फर्केकी बिजेता लिम्बुले आफ्नो हङकङ अनुभव सुनाउदै मिस पूर्वाञ्चलको रुपमा सामाजिक कार्यहरुलाई अगाडि बढाउन चाहेको बताइन्।