हङकङका सबै प्राईमरी र किन्डरगार्टेन स्कूलहरु विहीबारदेखि बन्द गर्ने सरकारको घोषणा…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ फेब्रुवरी। फ्लू प्रकोपका कारण २ विद्यार्थीको मृत्यु भएपछि हङकङ सरकारले सबै प्राईमरी र किन्डरगार्टेन स्कूलहरु विहीवारदेखि बन्द गर्ने घोषणा गरेको छ।

धेरै स्कूलहरू चाईनिज न्युइयर (लुनर नव वर्ष)को लागि बन्द भए पनि केही स्कूलहरु सुचारु छन्।

खाद्य तथा स्वास्थ्य ब्यूरो, शिक्षा ब्यूरो र श्रम तथा कल्याण ब्यूरोका अधिकारीबीच भएको आकस्मिक बैठकपछि स्कूलहरु बन्द गर्ने निर्णय गरेको हो।

शिक्षा सचिव, केविन ययुङले भने, ” घरमा बच्चाहरू देखभाल गर्न कोही नहुने विद्यार्थीहरुको लागि भने स्कूल खुला रहने छन्।”

यो वर्षको शुरुदेखि २२४ जनामा गम्भीर फ्लू देखा परेकामध्ये ६५ वर्षमाथि उमेरका १२१ जनाको मृत्यु भएको छ। १८ वर्षभन्दा कम उमेरका दुई जनाको मृत्यु भइसकेको जनाइएको छ।

बुधवार बिहान पनि अर्को फ्लुको मुद्दा रिपोर्ट गरिएको छ। (आरटीएचकेको सहयोगमा)





Comments

comments

21930