शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ।
बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको खबर कान्तिपुरमा छ।
नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्विर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएको निष्कर्षमा पुगेको हो ।