न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ। लुटपाटको अभियोगमा हङकङ प्रहरीले २६ वर्षीय एक नेपालीसहित एक पाकिस्तानी र एक भारतीयलाई पक्राउ गरेको छ।
गत फेब्रुवरी ९ तारिख चुङ किङ मेन्सन मनि एक्चेञ्जबाट बैंकतर्फ लाने क्रममा जापानीज येन (३३ मिलियन हङकङ डलर) लुटपाट भएको थियो।
लुटपाटको अभियोगमा उनीहरुलाई बुधवार पक्राउ गरिएको हो। उनीहरुको पक्राउसंगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ। प्रहरीले अनुसन्धानलाई जारी राखेको छ। तसौः एचकेअनसीसी
थप समाचारः