Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आमरण अनसनमा बसेकी गंगामायाको स्वास्थ बिग्रदै

काठमाडौ, २९ आश्विन। गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था दिन दिनै नाजुक बन्दै गएको छ। छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी सँगै अनसनमा रहेका श्रीमान नन्दप्रसादको गत असोज ६ गते मृत्यु भएको थियो।

त्यसपछि सरकार र मानब अधिकारकर्मीहरुका तर्फबाट निरन्तर प्रयास गर्दा पनि गंगामायाको अनसन तोडाउन सकिएको छैन। अधिकारी दम्पत्तीका १७ वर्षे छोरालाई ०६१ सालमा तत्कालिन माओबादीले अपहरण गरी हत्या गरेको आरोप छ।

त्यसपछि उनीहरु न्यायका लागि निरन्तर लडेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। ०७० कार्तिकको ७ गतेदेखि निरन्तर अनसनमा बसेका यी दम्पत्ती मध्ये नन्दप्रसादको ३ सय ३३ दिनमा मृत्यु भएको थियो। गंगामाया भने हालसम्म वीर अस्पतालकै बेडमा अनसन बसिरहेकी छिन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

2225