Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सार्क शिखर सम्मेलनका लागि १० बुलेटप्रुफसहित ५५ गाडी भारतबाट ल्याइने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सार्क शिखर सम्मेलनका लागि १० बुलेटप्रुफसहित ५५ गाडी भारतबाट ल्याइने

काठमाडौ, २९ आश्विन। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनका लागि चाहिने आरमदायी र अति सुरक्षीत ‘बुलेटप्रुफ’ दश कार सहित ५५ फरक फरक गाडी भारतबाट ल्याउने निर्णय शिखर सम्मेलन तयारी समितिले गरेको छ।

सम्मेलनमा सहभागि हुन आउने राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने उक्त गाडीहरु नेपालसंग नभएपछि विभिन्न विकल्पमा छलफल भएपछि अन्तमा सरकारले यस्तो निर्णय लिएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको ‘टुरिजम ब्यूरो’बाट त्यस्तो गाडी ल्याउने निर्णय भएको परराष्ट्र मन्त्रालय बरिष्ठ अधिकारीले बताए।

भारत सरकारले शिखर सम्मेलन प्रयोजनका लागि नेपाललाई उक्त गाडी उपलब्ध गराउन लागेको हो। भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीलाई भाडामा लिने कम्पनीबाट नै भाडामा लिएर नेपाललाई उपलब्ध गराउन लागेको हो। गाडीको भाडा भारतले तिर्ने भए पनि ल्याउने भाडा भने नेपालले तिर्नुपर्ने हुन्छ।

बुलेटप्रुफ गाडी कार्गो बिमानमा काठमार्डौ ल्याउने तयारी रहेको परराष्ट्र अधिकारीले बताए। अन्य गाडी भने केहीलाई गुडाएर र केही टेलरमा ल्याउने तयारी भएको पनि ति अधिकारीले बताए।





Comments

comments

2221