Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रहेनन् जनकवि केशरी धर्मराज थापा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २८ असोज। जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा निधन भएको छ। थापाको स्वयम्भूस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।


फाइल फोटोहरूः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मेका थापाले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थिए।

थापाले गाएका काफल पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन हो , गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली जस्ता गीतहरु कर्णप्रिय र चर्चित छन्।

मदन पुरष्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरष्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाइ प्रदान गरेको थियो भने २०५७ सालमा गुठीले जगदम्बा श्री पुरष्कार ‘जनकवि केसरी’ धर्मराज थापालाइ प्रदान गरेको थियो।

जनकवि केशरी थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन्।





Comments

comments

2205