Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनमा १२ जनालाई मृत्यदण्ड

बेइजिङ, २८ असोज । चिनियाँ एक अदालतले हिंसाग्रस्त सिन्जियाङमा जुलाइ महिनामा भएको आक्रमणमा दोषी ठहर गर्दै १२ व्यक्तिलाई मृत्युदण्ड दिने निर्णय गरेको छ भने यसै घटनामा संलग्न १५ व्यक्तिलाई स्थगित मृत्यदण्डको निर्णय सोमबार सुनाएको क्षेत्रीय सरकारी टियानसानले जानकारी दिएको छ।

जुलाई २८ मा साचे प्रशासकीय क्षेत्रको सरकारी कार्यालय तथा प्रहरी केन्द्रमा भएको आक्रमणमा ३७ नागरिक तथा ५९ आतङ्कवादीको मृत्युभएको थियो। त्यस आक्रमणमा अन्य १३ नागरिक घाइते भएको जानकारी दिइएको छ।

यस आक्रमणका लागि नौ व्यक्तिलाई आजीवन कारावासको सजाय तोकिएको छ भने २० व्यक्तिलाई चार देखि २० वर्षको काराबासको सजाय तोकिएको छ। रासस/एएफपी





Comments

comments

2200