Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिडियावाजी गर्दै उल्टो साइकल यात्री

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लन्डन । विश्व शान्तिको नाममा उल्टो साइकल चलाएका बीरेश दाहाल लगायतको साइकल यात्रीको समूहले बेलायतवासी नेपालीहरुले सहयोग नगरेको मिडियावाजी गरेकोप्रति बेलायतवासी नेपालीहरु रुष्ट भएका छन्।

केहि अनलाईन तथा ब्लगहरुमा सहयोग नपाएको गुनासो गर्दै उल्टो साइकल यात्री वीरेश दाहाल, बरुण अधिकारी र बजेन्द्र कुमार महराको समूह लण्डनमा अलपत्र भन्ने समाचार प्रकाशित भएको थियो। तर साइकलयात्रीहरुको समूह लण्डनको मुटुमा रहेको नोपाली दूतावासमा बसोबास गरिरहेका छन्।

यहि साइकल यात्रीको समूहलाई गैरआवासीय नेपाली संघ युकेको काउन्सील बैठकमा करीब पन्ध्र सय पाउण्ड रकम सहयोग गरिएको थियो। गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीले आइस ब्याकेट च्यालेञ्ज गरि सो रकम संकलन गरेका थिए।

अमेरिका जाने तयारीमा रहेका साइकलयात्रीहरुलाई नेपाल ब्रिटेन डटकमको आठौं वार्षिकोत्सवमा सहभागी नेपालीले एकहजार ४८ पाउण्ड संकलन गरि हस्तान्तरण गरिएको थियो। लण्डनस्थित कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको अनुरोधमा व्यवसायीहरु कुल आचार्य, महेन्द्र कंडेल लगायतले सहयोग संकलनमा तदारुकता देखाएका थिए।

दाहालले सहयोग पाएपछि अब आफूहरुको यात्रा अगाडि बढ्ने जनाउंदै सहयोगीप्रति आभार व्यक्त गरेका छन्। यसअघि गुल्मी जिल्ला समाज यूकेले एकसय ५१ पाउण्ड, लन्डनस्थित स्किल्स एण्ड केयर नामक च्यारिटी संस्थाले उनीहरुलाई चारसय २२ पाउण्ड सहयोग गरेको थियो। उक्त सहयोग स्किल्स एण्ड केयरका तर्फबाट यादव भण्डारी र विवेक श्रेष्ठले संकलन गरेका थिए।

सन् २००४ देखि उल्टो साइकल चलाएर ५७ देश घुमिसकेका दाहालले गिनिज वल्र्ड रेकडर्सका लागि लन्डन अफिसमा नाम दर्ता गराइसकेका छन्। विभिन्न च्यारिटी तथा सामाजिक कामहरुमा बेलयतवासी नेपालीहरु सधैं अगाडि छन्।





Comments

comments

2198