Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, २७ असोज। अमेरिकाको मिसिगन राज्यमा एक दशक भन्दा बढी समयदेखि बसोबास गर्दै आएकी नेपाली मुलकी चाँदनी सुवालले हालै मिसिगनको वाटर फोर्डमा एकल चित्रकला प्रदर्शनी गरेकी छिन्।

काठमाडौँ जन्मेकी सुवालले आफ्नो जीवनकाल भर चित्रकलाको माध्यमबाट स्वयंलाई अभिव्यक्त गर्ने गरेकी छिन्। प्रदर्शनीमा नेपाल झल्कने र नेपाललाई चिनाउने चित्रकलाहरु प्रदर्शन गरिएको थियो। नेपाली तथा बिदेशीहरुले अबलोकन गर्नुको साथै नेपालबारे जिज्ञासा राख्ने केही बिदेशीहरुले चित्रकला खरिद गरेको समेत बताईन्।

उनले अमेरिकाको बिभिन्न राज्यहरुमा एकल चित्रकला प्रदर्शनी गरि सकेकी छन् भने आउदो शरद ऋतुमा पुन क्लार्क्सनमा प्रदर्शनी गर्ने जनाएकी छन्। उनी अमेरिकाको मध्येपूर्वमा निक्कै चर्चित हुन् थालेकी छिन्। काठमाडौँ हुदादेखि नै आफू यस पेशामा संलग्न रहेको भएता पनि अमेरिकामा उचित समय व्यवस्थापन गर्न नसकेको कारण धेरै बर्ष आफ्नो कलालाई स्थगित गर्नु परेको बताइन्।

नेपालमा हुदादेखि नै उत्सव समयमा सुवाल गृह पूर्ण चित्रकला प्रदर्शनीले सजिसजाउ हुने गरेको जानकारी गराईन्। कला र प्रतिभा मर्न नदिन नेपाल र नेपालीको पहिचानको लागि आफूभित्र लुकेको प्रतिभालाई पस्कने बताउदै यसलाई निरन्तरता दिने बताइन्।

उनले मिसिगन, सिकागोमा एकल प्रदर्शनी गरि सकेकी छिन् भने छिट्टै बोस्टन र उथाह राज्यहरुमा पनि प्रदर्शनी गर्ने सोच बनाई रहेको बताइन्।





Comments

comments

2194