Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ब्रिटिश गोरखाहरुको नागरिकतामा राजनैतिक अधिकार कटौती गर्न पाइंदैन

एचकेनेपाल डट कम संवाददाता –
असोज २७, बेलायत। भूपू सैनिक कल्याणकारी समिति नेपाल तथा ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्ष समिति यूकेका प्रतिनिधि मण्डलले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटी ज्ञापनपत्र बुझाएको छ।

नेपाल सरकारद्वारा त्रीपक्षीय सन्धी गरी बेलायती सेनामा पठाइएका ब्रिटिश गोरखाहरुले, बेलायत सरकारले सम्मानार्थ दिने ‘मानार्थ नागरिकता’ लिए पनि आफ्नो नेपाली नागरिकता यथास्थिति मै कायम रहनु पर्ने र गोरखाका सन्ततिहरुलाई बंशजका आधारमा बिना बाधा ब्यवधान नेपाली नागरिकता प्राप्त हुने ब्यवस्था आगामी संबिधानमा सुनिश्चित गर्न गराउन पहलका लागि ओलीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रतिनिधि मण्डलको नेतृत्व समितिका अध्यक्ष क्या. यामबहादुर बुढाथोकीले गरेका थिए। गोरखाहरुलाई नेपाली नागरिकता यथास्थितिमा किन र के कारण, भन्ने बारे समितिका अध्यक्ष बुढाथोकी र उपाध्यक्ष क्या. हिमाल राईले प्रष्ट पारेका थिए।

स्मरणरहोस, गत २६ सेप्टेम्बरका दिन बिवाद समाधान उपसमितिको बैठकमा नेपाली काङ्ग्रेस र एमालेका प्रतिनिधि सभासदहरुके असहमति जनाएका कारण गोरखाहरुलाई राजनैतीक अधिकारबिहिन नागरिकता मात्र दिने सहमति भएको थियो।

नेपाल, यूके संयुक्त संघर्ष समितिले उक्त समितिको निर्णय कुनै दृष्‍टिकोणबाट पनि स्वीकार्य नहुने भन्दै संवैधानिक, राजनैतीक सम्वाद तथा सहमति समितिमा बिरोध पत्र बुझाई सकेको छ।

यसअघि, अन्य सबै राजनैतीक पार्टिका नेताहरु, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, संबधानिक राजनैतीक सम्वाद तथा सहमति समितिको सभापतिलगायत सबै सम्बन्धित निकायहरुमा डेलिगेशनसहित ज्ञापनपत्र बुझाई सकेको छ।

कार्यक्रमका लागि नेपालमा रहेका यूके प्रतिनिधि नारायण बेघा र सो को लागि नेपाल गएका यूकेका संयोजक सूर्य नेम्बाङ केही दिन अघि मात्र बेलायत फर्केका छन्। संयुक्त संघर्ष समितिले यसपछि लगत्तै नेपाली काङ्ग्रेसका उपसभापतिलाई भेट्ने कार्यक्रम तय गरेको छ।

सम्पूर्ण गोरखाहरु र बिशेष गरी नेपाली राजनीतिमा आवद्ध गोरखाहरुले यस बिषयमा गम्भीर हुन आवश्यक देखिन्छ।





Comments

comments

2185