Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

NAGC र WANA ले नोभेम्बर २९ मा संयुक्त सम्मेलन गर्ने

मणी नेपाली / एचकेनेपाल डट कम-
नेपाल विश्व सहयोग संघ NAGC र पश्चिम अमेरीका नेपाली महा संघ WANA ले संयुक्त सम्मेलन गर्ने भएका छन्। सो कुरा गत अक्टोबर ५, २०१४ मा सम्पन्न संयुक्त बैठकमा निर्णय भएको हो।

बैठकमा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु, पश्चिम अमेरीका नेपाली महासंघको अध्यक्ष उमा कार्की थापा, एन ए जी सी ग्लोबल अड्भाईजरी बोर्ड्का सेक्रेटरी राजेन थापा, NAGC अन्तर्राष्ट्रिय महासचीव जिम ह्युज, अन्तर्राष्ट्रिय उपाधक्ष ध्रुव थापा तथा युवराज कार्की, अन्तर्राष्ट्रिय कोषाधक्ष बिष्णु बहादुर कार्कीलगायत बोर्डका पदाधिकारीहरूको उपस्थिति थियो। सो अवसरमा नेपाली काङ्ग्रेसका सभासद अमरेश कुमार सिंह तथा सान डियगोका लागि बाणिज्यदूत ॠषि ढकालको अतिथिको रुपमा उपस्थिति थियो।

संयुक्त सम्मेलन सम्पन्न गर्न मुल समारोह समितिको सभापतित्व एनएजीसीका संस्थापक महासचिव तथा वर्तमान NAGC बोर्ड अफ ट्रस्टिजका अध्यक्ष डा. अनुप श्रीवास्तवले गर्ने छ। मुल समारोह समितिको पूर्ण बिस्तार आगामी हप्ताभित्र सम्पन्न हुने नवनियुक्त मूल समारोह समितिका सभापति डा. अनुप श्रीवास्तवले बताएका छन्।

अतिथि कलाकारहरू तथा स्थानिय कलाकारहरूले सो सम्मेलनको अवसरमा भरपूर मनोरञ्जन दिने छन्। भौतिक तथा बिद्युतीय माध्यमबाट सो सम्मेलनमा विश्वभरबाट तथा अमेरीकाका बिभिन्न राज्यहरुबाट सहभागिता हुने कुरा अन्तर्राष्ट्रिय उपाध्यक्ष युवराज कार्कीले बताए।





Comments

comments

2187