Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालको मौसम खराब, ७ अन्तर्राष्ट्रिय जहाज डाइभर्ट, ६२ उडान रद्द

काठमाडौ, २९ आश्विन। तीनदेखि लगातार मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पाँच दर्जनभन्दा बढी उडान रद्द भएका छन्। त्रिभुवन विमानस्थलबाट मंगलबार हुनुपर्ने आन्तरिकतर्फका ६२ उडान रद्द भए भने सातवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज यहाँ अवतरण गर्न नसकी आफ्नै देश फर्किएका छन्।

बंगालको खाडीबाट उत्पति भएको समुद्री आँधी ‘हुडहुड’ गत आइतबार साँझबाट नेपाल प्रवेश गरेपछि मौसम बिग्रिएको समाचार नागरिक दैनिकमा छापिएको छ। सोमबारबाट काठमाडौं र पूर्वी भेग तथा मंगलबार मुलुकभर भारी वर्षा भएको छ।

‘लगातार भारी वर्षाका कारण मौसम खराब हुन पुग्यो र भिजिबिलिटी कम हुँदा उडान–अवतरणमा समस्या आयो,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘यसबाट पाँच दर्जनभन्दा बढी आन्तरिक उडान रद्द भए भने अन्तर्राष्ट्रियतर्फ आधा दर्जन बढी उडान डाइभर्ट भए।’

उनका अनुसार एयर अरेबिया, इन्डिगो एयरलाइन्स, एयर एसिया एक्स, एयर इन्डिया, इतिहाद एयरवेज र चाइना इस्टर्न एयरलाइन्सका एक–एक उडान ‘डाइभर्ट’ भएका छन्।

त्यसैगरी बुद्ध एयरका बनारसतर्फको एक र आन्तरिकतर्फको १८ गरी १९ उडान, यती एयरलाइन्सको १९, सिम्रिक एयरलाइन्सको १५ र तारा एयरको नौ उडान रद्द भएका छन्।





Comments

comments

2231