Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘सबैले मलाई घृणा गरेपनि’को फिमेल भर्सन भिडियो रिलिज

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २९ असोज। तिहारको शुभकामनासहित चर्चित गीत ‘सबैले मलाई घृणा गरेपनि’को फिमेल भर्सन भिडियो सार्वजनिक गरिएको छ। ‘उन्माद’ एल्बममा समावेश यो गीतको म्यूजिक भिडियो निर्माण यूनिटले सामाजिक संजाल यूट्युबमार्फत सार्वजनिक गरेको हो।

संचारकर्मी संजोग बस्यालद्वारा निर्देशित भिडियोमा राजन कार्की, सृष्टि सेन्चुरी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्। निर्देशनको हिसाबले बस्यालको यो डेब्यू म्युजिक भिडियो हो। ‘डेब्यू राम्रोसँग होस् भन्ने ईच्छाअनुसार मैले यो भिडियोलाई उत्कृष्ट बनाउन खुब मेहेनत गरेको छु।’ निर्देशक बस्यालले भने–‘दर्शकहरुको प्रतिक्रियाको अपेक्षामा छु।’ म्यूजिक भिडियोलाई मिलन शंकरले खिचेका हुन्। अनुप पौडेल भिडियोको सम्पादक हुन्।

सुरेश घमालको शब्द र सुधा रत्नको आवाज रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। यसअघि ‘सबैले मलाई घृणा गरेपनि तिमीलाई वाह वाह गरुन्’ गीतको मेल भर्सन गीतको भिडियो रिलिज भैसकेको छ। जुन भिडियोलाई दर्शकहरुले निकै रुचाएको निर्माण यूनिटले जनाएको छ।

भिडियो हेर्न र शेयर गर्नका लागि भिडियो लिंक तल दिईएको छ।





Comments

comments

2245