संघिय लिम्बुवान समाज कतारको दोस्रो चरणको संगठन विस्तार

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
संघिय लिम्बुवान समाज कतारले आफ्नो संगठन विस्तार गर्ने क्रममा कतारको इण्डष्ट्रियल एरियामा इकाई समितिहरु गठन गरेको छ। गत साता समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बुको अध्यक्षतामा सनैया ४३ र मोवासालात, कार्वामा कार्यरत् लिम्बुवानीहरुको वृहत भेलाको आयोजना गरी सो समितीहरु गठन गरिएका हुन्।

उपाध्यक्ष मदन मादेम्वा, उपाध्यक्ष धनप्रसाद साँवा, महासचिव तिलविक्रम थेवे, उपमहासचिव डम्बर लिवाङ्ग, अर्थ सचिव अविर मादेन लिम्बु, केन्द्रिय सदस्य सुजन जवेगु लिम्बु सल्लाहकार श्याम सुहाङ्ग कुमार योङ्गहाङ्ग, प्रेमबहादुर लिम्बु, भीम बहादुर थेवेको विशेष आतिथ्यमा, सदस्यहरु पछि थप गर्दै लैजाने गरी गठीत सनैया–४३ इकाई समितिमा अध्यक्ष मिलन कुमार राई (धनकुटा बोधे), उपाध्यक्ष युवराज रेग्मी (झापा राजगढ,), सचिव केदारनाथ राई (मोरङ्ग, वेलवारीे), कोषाध्यक्ष सुन्दर राई (पाचँथर चेक्मागु) र सदस्य चन्द्रबहादुर राई (धनकुटा राजारानी) रहेकाछन् । मोवासालात् कार्वामा गठीत इकाई समिति “क” मा अध्यक्ष दिलकुमार मावो लिम्बु, उपाध्यक्ष विनोद लिम्बु, सचिव रमेश योङ्गहाङ्ग, कोषाध्यक्ष विशाल इङनाम र सदस्य सुरेन्द्र लोक्ताम रहेकाछन् । अन्य सदस्यहरु थप गर्दै लैजाने बताइएको छ।

संगठनले लिम्बुवानी भूमिबाट आएर वैदेशिक रोजगारीका लागि कतारमा मा कार्यरत् रहेका विभिन्न तह र तप्का का लिम्बुवानीहरुको वृहतभेला गरेर एरिया र इलाका समितिहरुको निर्माण गर्न लागिरहेको बताइएको छ।

भेलामा समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग, उपाध्यक्ष मदन मादेम्वा, उपाध्यक्ष धनप्रसाद साँवा, महासचिव तिलविक्रम थेवे, उपमहासचिव डम्बर लुङ्गखिम लिवाङ्ग, अर्थसचिव अविर मादेन लिम्बु, सल्लाहकार श्याम सुहाङ्गले लिम्बुवान जनताले अरुण सप्तकोशी पुर्वको नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनुपर्ने र यसको लागि निर्णायक आन्दोलनहरुका थप कार्यक्रमहरु रहेको जानकारी दिदै स्वायत्त अधिकार र पहिचान सहितको लिम्बुवान संघीयता राज्य (प्रदेश) को प्राप्तिका लागि प्रवासमा कार्यरत् लिम्बुवानीहरुले पनि आआफ्नो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने हुनाले सवैलाई सचेत र सजग भै यथास्थितिवादी र एकात्मकवादी संकिर्ण सोच बोकेका पहिचान र संघियताका विरोधीहरुलाई परास्त गर्न एकजुट हुन आव्हान गरेका थिए।

पहिचान र स्वायत्त अधिकार सहितको लिम्वुवान प्रदेश प्राप्तिको लागि त्यति सजिलो नभएको र यथास्थितिवादी र प्रतिगामी शक्तिहरुको चरित्रले गर्दा संविधानमा पहिचानवादीहरुलाई नसमेट्ने सभावना बढीरहेकोले हामीले प्रवासबाट पनि लिम्बुवान प्राप्तिको आन्दोलनमा ऐक्यवद्धता जनाउन आवश्यक भएको प्रशिक्षणमा बताइएको थियो।





Comments

comments

2254