Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाल पत्रकार महासंघका अध्यक्ष र उपाध्यक्षद्वय यूएईमा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल पत्रकार महासंघका अध्यक्ष र उपाध्यक्षद्वय यूएईमा

उत्तम अधिकारी / एचकेनेपाल डट कम-
१५ अक्टोबर, आबुधाबी। नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारी यूएई आइपुगेका छन्। महासंघको यूएई शाखाको यहि शुक्रवार हुन गइरहेको चौथो अधिबेशनमा सहभागी हुनका लागि दुबैजना यूएई आएका हुन्।

बुधबार यूएईको शारजाह एयरपोर्टमा अध्यक्ष तथा उपाध्यक्षद्वयलाई महासंघको यूएई शाखाका उपाध्यक्ष भुपराज बस्याल, प्रवक्ता त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, सदस्यहरु लक्ष्मण खनाल, हरी नेपाली लगायतको टोलीले स्वागत गरेका थिए।

महासंघको यूएई शाखाले चौथो अधिबेशनको पूर्व सन्ध्यामा बिहीवार साँझ दुबईमा पत्रकारिता तालिमको आयोजना गर्दैछ। महासंघका अध्यक्ष डा. बिष्ट र उपाध्यक्ष भण्डारीको उपस्थितिमा हुन गइरहेको उक्त तालिम बिशेष महत्वको हुने शाखाका प्रवक्ता त्रिलोचन कोइरालाले बताएका छन्। त्यसैगरी अधिबेशन घोषणाका सभाका साथमा महासंघले “बैदेशिक रोजगारप्रतिको आकर्षण र यसले नेपाली समाजमा पारेको असर” बिषयक बृहत अन्तरकृया कार्यक्रम समेत आयोजना गरेको छ।

आफ्नो चौथो अधिबेशनको सम्पूर्ण तयारी पुरा भइसकेको यस अघि नै यूएई शाखाले जनाईसकेको छ। घोषणा सभा तथा अन्तरकृया कार्यक्रम एभरेष्ट इन्टरनेशनल होटेल बरदुबईमा हुने महासंघको यूएई शाखाले जनाएको छ। घोषित कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि अन्तिम चरणका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको शाखाका अध्यक्ष अर्जुन दाहालले बताएका छन्।





Comments

comments

2249