Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु

नवराज बस्नेत / एचकेनेपाल डट कम –
अबुधाबी युएई। आफ्नो ड्युटी जाने क्रममा सवारी दुर्घटनामा परेर नुवाकोटका मुरली खड्काको बुधवार बिहान मृत्यु भएको छ| अन्दाजी ४१/४२ बर्षीय मृतक खड्का बिगत ६ बर्षदेखि अबुधाबीस्थित सी.एन.आई.ए.(critical National Infrastructure Authority) कम्पनीमा कार्यरत थिए|

बिहान ६ बजेबाट ग्यास र पेट्रोल उत्पादन खानीहरुमा चेकजाँचको लागि उनी गाडीमा ड्युटीमा खटिएका थिए| खड्का गाडीको अगाडि दाहिने पट्टि बसेका थिए भने अरबीले गाडी चलाएका थिए| गाडी चालकको ढाड भाचिएको मृतकका साथी लोकेन्द्र शाही बताउंछन्| धेरै तीब्र गतिमा रहेको उक्त गाडीले अगाडि गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण गर्न नसक्दा बिपरित दिशाबाट आएको लोरीसंग ठोक्किन पुगेको थियो| घटना स्थलमा नै खड्काको मृत्यु भएको थियो| घटना युएई समय अनुसार बिहान ९:४५ बजे भएको थियो|

खड्काको श्रीमती दुई छोरी र एक छोरा छन्| अहिले खड्काको शबलाई युएईस्थित मदिना जाएद अस्पतालमा राखिएको छ| चाडै शब नेपाल लैजाने प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने तथा खड्काको परिवारले पाउने क्षतिपूर्तिमा सहजताका दिलाउने आश्वासन कम्पनीबाट पाएको बताउछन् उक्त कम्पनीमा कार्यरत रहेका नेपालीहरुका कमान्डर सचिन शाही| उक्त कम्पनीमा कार्यरत नेपालीहरुको संख्या ८०० को हाराहारीमा रहेका छन्| शाहीका अनुसार युएई आर्मीसंग रहेर पेट्रोल, ग्यासखानी तथा युएईका सिमामा सुरक्षा दिनु उनीहरूको दैनिक काम हो|


मृतक खड्का फाइल फोटो।





Comments

comments

2251