गैरआवासीय नेपाली संघ बेलायतमा फेरी किचलो

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन। गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै हालैका दिनहरुमा गैरआवासीय नेपाली संघ बेलायतको नेतृत्वबारे संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारित गलत र झुटा समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत आइतबार जारी विज्ञप्तिमा गत सेप्टेम्बर २९ तारिख २०१४ मा महेन्द्र कंडेल तथा उनका समर्थकहरुबाट एनआरएन युकेको विधान तथा आचार संहिता विपरीत आफू कार्यकारी अध्यक्ष भएको भन्ने भ्रामक समाचार संचार माध्यमहरुमा आएका कारण सो अवैधानिक कार्यको खण्डन गरिएको उल्लेख छ।

विज्ञप्तिमा १५ सेप्टेम्बर २०१३ मा भएको प्रजातान्त्रिक अधिवेशनबाट एनआरएन युकेको नयां कार्यसमिति गठन भएकोमा जोड दिइएको छ । हजारौं व्यक्तिहरुलाई सदस्य बनाएर र उनीहरुबाट ६३ हजार पाउण्डभन्दा बढी शुल्क आफुले उठाएको घोषणा गरेका महेन्द्र कंडेल तत्कालिन अध्यक्ष कुल आचार्यले आर्थिक हिनामिना गरेको र निर्वाचन निष्पक्ष र धांधलीरहित नहुने दाबी गर्दै निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । सन् २०११–२०१३ मा कुल आचार्यको नेतृत्वमा रहेको कार्यसमितिमा उपाध्यक्ष्य रहेका महेन्द्र कंडेलले एनआरएन युकेको सामाजिक प्रतिष्ठामा आंच आउने कार्य पटक पटक गरेकाले उनलाई त्यतिबेला पनि बर्खास्त गरिएको थियो।

एनआरएनको विधानमैं कहिं कतै उल्लेख नभएको असाधारण एकता सम्मेलन गरी सो अवैधानिक सहमतिलाई अक्टोबर महिना २०१३ मा काठमाण्डौंमा हुंदै गरेको विश्व सम्मेलनभित्रमा वैधानिक बनाएर ल्याउने प्रतिबद्धता व्यक्त भएपनि सो अनुसार नभएकोले आफु नै कार्यकारी अध्यक्ष्ँ रहेको क्षेत्रीको विज्ञप्तिमा छ।

महेन्द्र कंडेल आफैंले सो सहमतिका बुंदाहरुको पटक पटक उल्लंघन गरेको, सहमति विपरीत संचार माध्यमहरुमा झुटा समाचारहरु प्रकाशित गर्दै आएको र एनआरएन युकेको आचार संहिता विपरीत काम गरेको हुनाले सहमतिकै बुंदा १८ बमोजिम सेप्टेम्बर २९ को सहमति स्वत खारेज भएको विज्ञप्तिमा छ।

सेप्टेम्बर २९ मा भएको सहमतिले आजसम्म आइसिसिबाट वैधानिकता प्राप्त गर्न नसकेको, महेन्द्र कंडेल तथा उनका समर्थक भनिएका व्यक्तिहरुबाट सहमतिकै बुंदाहरु भंग गरिएको, महेन्द्र कंडेलले एनआरएन युकेका सदस्यहरुबाट उठाएको सदस्यता शुल्क ६३ हजार पाउण्ड आजसम्म एनआरएन युकेलाई नबुझाएको, आङ्खनै उम्मेदवारी शुल्क समेत बारम्बार बुझाउने आश्वासन दिंदै नबुझाएका कारण्ँ २९ सेप्टेम्बर २०१३ को तथाकथित एकता सहमति अबदेखि कुनैं हालतमा मान्य नहुने घोषणा विज्ञप्तिमा छ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ति

आदरणीय बेलायतबासी नेपाली जनसमुदाय,

हालैका दिनहरुमा गैर आवासीय नेपाली संघ बेलायतको नेतृत्वबारे संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारित गलत र झुटा समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गत सेप्टेम्बर २९ तारिख २०१४ मा महेन्द्र कंडेल तथा उनका समर्थक भनिएका व्यक्तिहरुबाट एनआरएन युकेको विधान तथा आचार संहिता विपरीत एनआरएन युकेको कार्यकारी अध्यÔ आफु भएको भन्ने अत्यन्त आपत्तिजनक, भ्रामक र झुठा घोषणा संचार माध्यमहरु तथा सामाजिक सन्जालहरुमा आएका कारण्ँ सो अवैधानिक कार्यको खण्डन गर्दै बेलायतबासी नेपाली जनसमुदायमा रहेको भ्रम हटाउने अभिप्रायले यो विज्ञप्ति जारी गरिएको छ।

१५ सेप्टेम्बर २०१३ मा भएको प्रजातान्त्रिक अधिवेशनबाट एनआरएन युकेको नयां कार्यसमिति गठन भएको र त्यसको नेतृत्व मैले लिएको कुरा त सम्पूर्ण जनसमुदायहरुमा अवगत नैं छंदैछ । तर हजारौं व्यक्तिहरुलाई सदस्य बनाएर र उनीहरुबाट ६३ हजार पाउण्डभन्दा बढी शुल्क आफुले उठाएको घोषणा गरेका महेन्द्र कंडेल, तत्कालिन अध्यक्ष कुल आचार्यले आथिर्क हिनामिना गरेको र निर्वाचन निष्पक्ष र धांधलीरहित नहुने दाबी गर्दै निर्वाचन प्रक्यिाबाट बाहिरिएका थिए । स्मरण्ँ रहोस्, २०११–२०१३ मा कुल आचार्यको नेतृत्वमा रहेको कार्यसमितिमा उपाध्यक्ष्य रहेका महेन्द्र कंडेलले एनआरएन युकेको सामाजिक प्रतिष्ठामा आंच आउने कार्य पटक पटक गरेकाले उनलाई त्यतिबेला पनि बर्खास्त गरिएको थियो ।

एनआरएन युकेमा उब्जिएका अघिल्लो कार्यकालका यी विवादहरुलाई साम्य पार्न र एनआरएन युकेमा एकता कायम गर्न भन्दै एनआरएन आइसिसिका तत्कालिन अध्यक्ष जीवा लामिछाने तथा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको समेत सहमति लिएको दाबी गर्दै एनआरएन युकेका संरक्षक प्रोफेसर सुर्य सुवेदीले सेप्टेम्बर २९ तारिख २०१३ मा एनआरएन आइसिसि तथा एनसिसि युकेको विधानमैं कहिं कतै उल्लेख नभएको असाधारण एकता सम्मेलन गरी सो अवैधानिक सहमतिलाई अक्टोबर महिना २०१३ मा काठमाण्डौंमा हुंदै गरेको विश्व सम्मेलनभित्रमा वैधानिक बनाएर ल्याउने प्रतिबद्धता व्यक्त गर्दै २० बुंदे सम्झौता जारी गरे।

तर महेन्द्र कंडेल आफैंले सो सहमतिका बुंदाहरुको पटक पटक उल्लंघन गरेको, सहमति विपरीत संचार माध्यमहरुमा झुटा समाचारहरु प्रकाशित गर्दै आएको र एनआरएन युकेको आचार संहिता विपरीत काम गरेको हुनाले सहमतिकै बुंदा १८ बमोजिम सेप्टेम्बर २९ को सहमति स्वत खारेज हुने प्रस्ताव गत सेप्टेम्बर १ तारिखमा बसेको एनआरएन युकेको कार्यसमितिको बैठकले बहुमतले पारित गरेको थियो । सो को जानकारी यस सहमतिका अध्यÔ र अनुशासन कमिटिका अध्यक्ष प्रो सुवेदीलाई समेत लिखित रुपमा सम्पूर्ण प्रमाण्ँसहित बुझाईएको र छानबीन गरी रिपोर्ट प्रस्तुत गर्न २८ दिनको समयावधि दिईएकोमा कुनैंपनि पहल नगरिएका कारण्ँ सो सहमति स्वत खारेज भएको मानिन्छ ।

एकता कायम गर्ने उद्देश्य भन्दै गरिएको अवैधानिक सहमतिले आजसम्म आइसिसिबाट वैधानिकता प्राप्त गर्न नसकेको, महेन्द्र कंडेल तथा उनका समर्थक भनिएका व्यक्तिहरुबाट सहमतिकै बुंदाहरु भंग गरिएको, महेन्द्र कंडेलले एनआरएन युकेका सदस्यहरुबाट उठाएको सदस्यता शुल्क ६३ हजार पाउण्ड आजसम्म एनआरएन युकेलाई नबुझाएको, आङ्खनै उम्मेदवारी शुल्क समेत बारम्बार बुझाउने आश्वासन दिंदै नबुझाएका कारण्ँ २९ सेप्टेम्बर २०१३ को तथाकथित एकता सहमति अबदेखि कुनैं हालतमा मान्य नहुने घोषणा गर्दछौं । गत सेप्टेम्बर १५ तारिखमा भएको वैधानिक अधिवेशनमा गठित कार्यसमिति मात्रै वैधानिक हुने जानकारी यसै विज्ञप्तिमार्फत गराउंदछौं । हाल महेन्द्र कंडेलले जनताबाट उठाएको हजारौं पाउण्ड रकमको कुनैं लेखाजोखा नभएको नाजुक अवस्थामा यी कुराहरुलाई यत्तिकै बेवास्ता गरेर गैर जिम्मेवारीपूर्ण व्यक्तिको हातमा नेतृत्व सुम्पिन हामी कुनैंपनि हालतमा तयार हुन सक्दैनौं।

हामीले प्रस्तुत गरेका माथि उल्लेखित सम्पूर्ण तर्कहरुको लिखित तथा भिडियो प्रमाण्ँहरु हामीसंग सुरक्षित छन् । कुनैं अवैधानिक सहमति लागु गराउनका लागि दशौं हजार बेलायतबासी नेपालीहरुले हामीलाई देखाउनुभएको विश्वास र समर्थनलाई लत्याउन हामी कदापि सक्दैनौं । त्यसैले यस सम्झौता र त्यस संग सम्बन्धित सम्पूर्ण लिखित तथा भिडियो प्रमाण्हरुसहित आगामी नोभेम्बर २ तारिख २०१४ मा सम्पूर्ण संघसंस्था, पत्रकारहरु, एनआरएनएका अग्रजहरु तथा एनआरएन युकेका साधारण् सदस्यहरुको उपस्थितिमा बृहत भेलाको आव्हान गर्दछौं र सो भेलामा सम्पूर्ण साधारण सदस्यहरु समेतको उपस्थितिमा वर्तमान अवस्थामा देखिएका अन्यौल र भ्रमहरुबारे प्रष्ट पार्ने प्रयास गर्नेछौं।

गत एक बर्Èको अवधिमा विवाद र कचिंगलका बाबजुद पनि एनआरएन युकेले विविध सामाजिक कार्यहरु गर्दै आएको र कल्याण्ँकारी कार्यकै सिलसिलामा म्याग्दीको गलेश्वरमा घर र समाजबाट हेलित भई गुफामा जीवन गुजारिरहेका वृद्धवृद्धाहरुका लागि वृद्धाश्रम निर्माण्ँको कार्य लगभग समापन हुनैं लागेको जानकारी गराउन चाहन्छौं । एनआरएन युकेका आगामी एक बर्षका कार्यक्रमहरु पनि तय भैसकेका छन् । एनआरएन युकेको कार्यसमितिले यी कार्यक्रमहरु अझ जोडदार हिसाबले अघि बढाउने र नेपाल तथा बेलायतबासी नेपालीहरुको हितमा कार्य गरि नैं रहने प्रतिबद्धता जनाउन चाहन्छौं । एनआरएन युकेले चालेका कदमहरु र कल्याण्ँकारी कार्यहरुमा तपाईं सम्पूर्ण बेलायतबासी नेपाली समुदाय, सामाजिक अगुवाहरु, एनआरएनएका अग्रजहरु तथा पत्रकार साथीहरुको सधैंजस्तो सद्भाव र सहयोगको अपेक्षा राखेका छौं।

भवदीय

योगेन्द्र बहादुर क्षेत्री
अध्यक्ष
गैर आवासीय नेपाली संघ, बेलायत





Comments

comments

2247