नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादी दुई पार्टी एकीकरणबारे पर्ख हेर को रणनीति अख्तियार गर्न लागेको छ।
एमाले अध्यक्ष एवंम प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएको छ त्यसले हाम्रा नेतारुलाई झस्काएको छ, माओवादी केन्द्रका एक नेताले भने, त्यसैले माओवादी केन्द्रका नेताहरुमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ।
अहिले पर्ख र हेरकै अवस्थामा छौँ । नागरिक दैनिकमा खबर छ।