गौर – कटहरियास्थित डुमरियाका एक सय मुसहर बालबालिका विद्यालय जान सकेका छैनन्।
साथी तथा शिक्षकले पिट्ने डरका कारण उनीहरु विद्यालय जान छाडेका हुन्।
एक मिलोमिटर दुरीको विद्यालयमा गत बर्ष नाम लेखाए पनि उनीहरु पढाइबाट बञ्चित हुँदै आएका छन्।
विद्यालय जाँदा फोहोरी भन्दै मुसहर बालबालिकालाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पिट्ने गरेपछि पढ्न जान छाडेको अभिभावकको भनाइ छ।
यो टेलमा ५८ घर मुसहरको बसोबास छ । टोलका सबै बालबालिका विद्यालय जाँदैनन्।
उनीहरुको भएटै भनाइ छ, विद्यालय जाँदा गाली गर्छन्, कुटाइ खानुपर्छ। अन्नपूर्ण पोष्टमा समाचार छ।