Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अन्नपूर्ण फेरो घुम्नमा प्रतिबन्ध

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, १ कार्तिक। हिमपातले ठूलो संख्यामा मानवीय क्षति पुर्याएपछि अन्नपूर्ण फेरोको पदमार्ग अन्तर्गतको माथिल्लो मनाङ भन्दा अगाडिको क्षेत्रमा प्रवेश रोक लगाईएको छ। असुरक्षा बढेको भन्दै फेरोका लागि अनुमति बन्द गरिएको हो।

अन्नपूर्ण क्षेत्र प्रवेशका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पदयात्री व्यवस्थापन सुचना प्रणालि (टिम्स) बापत शुल्क बुझाउनुपर्छ। तर, असुरक्षा बढेको भन्दै शुक्रबारदेखि फेरोको पदयात्रामा रोक लगाउँदै दुवैखाले प्रवेश शुल्क लिन रोकिएको टेक्रिङ एजेन्टस एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष रामचन्द्र शर्माले बताए।

‘फेरोको पदयात्रामा मात्र प्रवेश रोक लगाएका हौ। तैपनि माथिल्लो मनाङसम्म जान पाईन्छ। अन्नपूर्ण क्षेत्रमै जान रोकेका छैनौ’ शर्माले भने, ‘राउण्डमा असुरक्षा भएकोले केहि खण्डमा रोकेका हौ। अन्यत्र घुम्न जान केहि अप्ठेरो छैन। मुक्तिनाथबाट आउँदा पनि मनाङसम्म रोकेका छौ।’ अन्नपूर्ण क्षेत्रमा जाँदा विदेशी पर्यटकले एक्याप शुल्क बापत प्रतिव्यक्ति २ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ। सार्क मुलुकका पर्यटकलाई भने यो शुल्क प्रतिव्यक्ति २ सय रुपैयाँमात्र लाग्छ।

पदयात्रीलाई सूचना दिनका लागि केहि वर्ष अघिदेखि पदयात्री सूचना व्यवस्थापन प्रणालि (टिम्स) भन्दै पर्यटकसँग शुल्क लिन थालिएको थियो। अन्नपूर्ण क्षेत्रमा जाने विदेशी पर्यटकले व्यक्तिगत रुपमा जाँदा २० र नेपाली गाईड सहितको टिममा जाँदा प्रतिव्यक्ति १० अमेरिकी डलर टिम्स शुल्कबापत बुझाउनुपर्छ। त्यो रकम टान, पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले संयुक्त रुपमा पाउँछन्। उक्त रकम तीनवटैको सहमतिमा पर्यटन क्षेत्रमा खर्च गर्ने प्रावधान छ।

उद्धारमा सघाउन टान टोली
हिमपातमा परेका पर्यटक र तीनका नेपाली सहयोगीको उद्धार र सहयोगका लागि टानको एक टोली खटिएको छ। टान पोखरा च्याप्टर प्रथम उपाध्यक्ष दीपकराज अधिकारी, द्वितीय उपाध्यक्ष हरि भुजेल, सचिव वीनय आचार्य, कार्यसमिति सदस्य सुरेश लम्साल र टेक्रिङ व्यवसायी सुशीलराज पौडेल अहिले मुक्तिनाथ क्षेत्रमा रहेर उद्धारमा सघाएका छन्। ‘उद्धार र सहयोगका लागि हाम्रो टिम खटिएको छ। अझै केहिदिन उतै रहेर सघाउनेछन्। सुरक्षा निकाय सहित घाईतेलाई सघाउनु हाम्रो दायित्व हो’ टानका अध्यक्ष शर्माले भने, ‘ट्रेकिङ क्षेत्रमा अप्ठेरो पर्दा सघाउनु हाम्रो दायित्व पनि हो।’





Comments

comments

2299