यातायातका सबै क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरी प्रतिस्पर्धामा जान व्यवसायी सहमत भएका छन्।
व्यवासायी प्रतिनिधि र सरकारबीच आईतबार भएको वार्तामा मौखिक रुपमा यस्तो सहमति भएको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वारले दिए।
वार्ता राति अबेरसम्म चलेको थियो । वार्तामा भएका सहमति सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने खबर नागरिक दैनिकमा छ।