दुईदिने नेपाल भ्रमणमा यस्तो छ मोदीको २९ घन्टे कार्यक्रम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौ र मुक्तिनाथकमा साढे २९ घण्टा विताउने भएका छन्।

तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ।

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान नयाँदिल्लीबाट विहारतको राजधानी पटना हुंदै भारत हवाई सेनाको विशेष हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउनेछन्।

त्यहाँ उनलाई सरकारमा मन्त्रीले स्वागत गर्नेछन्।

त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन् । जहाँ प्रधानमन्त्री केपी शर्मा आलीले उनको स्वागत गर्ने कार्यक्रम छ । आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23128