राष्ट्रहितविपरीत सम्झौता नगरेको दाबी

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग देशहितविपरीत कुनै गलत सम्झौता नगरेको दाबी गर्नुभएको छ।
संघीय संसद्का दुवै सदनलाई आइतबार बैठकको शुरूमै सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै उहाँले जसले जे भने पनि जतिसुकै शंका गरे पनि आफूले गलत नगरेको र त्यस्तो सोच नभएको बताउनुभएको हो।

आफ्नो निमन्त्रणमा आउनुभएका मोदीको २ दिने भ्रमण सफल भएको भन्दै प्रम ओलीले मोदीलाई धन्यवाद दिनुभयो। मोदीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको दाबी गर्नुभयो।

उहाँले मोदीको भ्रमणपूर्व आफूले परराष्ट्र विज्ञ तथा बुद्धिजीवीहरूसँग समेत पर्याप्त छलफल गरेको र सबैले विगतको जस्तो कमी–कमजोरी नगरी राष्ट्रिय हितलाई मध्यनगर गरेर सन्धि–सम्झौता गर्न सुझाव दिएको जानकारी दिनुभयो।

प्रम ओलीले झण्डै एक घण्टा लामो आफ्नो सम्बोधनका क्रममा मोदीको भ्रमण जनकपुरबाट शुरू भएको, त्यहाँस्थित रामजानकी मन्दिरमा संयुक्त पूजा–अर्चना भएको र त्यसलगत्तै जनकपुर नगरपालिकाद्वारा १२ बिगाह रंगभूमिमा उहाँको विशेष अभिनन्दन गरिएको प्रस्टोक्ति दिनुभयो।

उहाँले मोदीको अभिनन्दनको क्रममा त्यहाँका मुख्यमन्त्रीले नेपालको परराष्ट्र नीति, कूटनीतिक मर्यादा तथा राष्ट्रिय मर्यादामा समेत आँच पुग्ने गरी व्यक्त गरेको अभिव्यक्तिप्रति कडा आपत्तिसमेत जनाउनुभएको छ।

प्रम ओलीले भ्रमणका बेलामा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको शुभारम्भ गर्नुका साथै जनकपुर–अयोध्या सीधा बस सेवासमेत प्रारम्भ गरिएको जनाउनुभयो।

मोदीको भ्रमणप्रति जनकपुरबासीको सकारात्मक चासो र रुची रहेको बताउँदै मोदीले काठमाडौं आएपछि राष्ट्रपति, उपराष्ट्र, विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरेकोसमेत स्पष्ट पार्नुभयो।

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, पुराना मान्यता र सोचभन्दा अन्त्यन्त भिन्न, दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरू, एक अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नहुने, भौगोलिक अखण्डतालाई सम्मान गर्ने र दुवै देशका राष्ट्रिय हितलाई यथोचित ढंगले सम्मान गर्ने विषयहरूमा मोदी र आफ्नो एक्लाएक्लै तथा सामुहिक रूपमा छलफल भएर १६ बँुदे संयुक्त वक्तव्यमा जारी भएको विषय सदनलाई जानकारी गराउनुभयो।

प्रम ओलीले नेपाल–भारतीबीच विगतमा भएका कतिपय सहमति र सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई मध्यनजर गर्दै अबका दिनमा हुने सम्झौतालाई समयसीमा तोकेर नै पुरा गरिने विषयमा छलफल भएको जानकारी दिनुभयो।

उहाँले भ्रमणका क्रममा काठमाडौं–रक्सौल रेल्वे निर्माणका लागि दुबै देशका प्राविधिकहरूको एउटा कार्यदल बनाएर पहिले सर्वे गरी सम्झौतापत्रमा छिट्टै हस्ताक्षर गरिने र सो रेल्वे भारतकै खर्चमा निर्माण हुने समेत प्रष्ट पार्नुभयो।

प्रम ओलीले नेपाल र भारतबीच विद्यमान असाधारण व्यापार असन्तुलनलाई हल गर्न सकिने र भारतीय बजारमा नेपाली उत्पादनको प्रवेशका लागि गर्नुपर्ने प्राविधिक पक्षमा पनि अध्ययन गरिने विषयमा आफूहरूबीच छलफल भएको जानकारी दिंदै थप्नुभयो– ‘आगामी ३ वर्षभित्र व्यापार लगानीको मूल्यांकन गरी भारतीय व्यापारमा नेपाली उत्पादन बढाउने बारे सहमति भएको छ। प्रम ओलीले नेपाल–भारत सिमानामा बाटो बनाउँदा बाँध बाँध्ने जस्ता नाममा नेपालको जमिन डुवानमा पर्ने गरेकाले यस विषयमा समेत आफूले कुरा उठाएको बताउँदै भन्नुभयो।

उहाँले मोदीको भ्रमणका क्रममा सन् २०१४ मा नै गरिएको नेपाल–भारत ऊर्जा सम्झौतालाई नै अगाडि बढाउने, पुराना सन्धी–सम्झौताहरूलाई पुनरावलोकन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई पुरा गर्ने, महाकाली नदीमा ३ वटा पुल निर्माण गर्ने महेन्द्रनगरमा ४ लेन सडक निर्माण गरेर भारततर्पmको राजमार्गलाई जोड्नेलगायत विषयमा सहमति भएको सदनलाई जानकारी दिनुभयो।

ओलीले सन् १९५० मा भएको नेपाल भारतबीचको सन्धी पुनरावलोकनको विषयलाई यसपटक पनि उठाएको, सो विषयमा दुबै देशले एउटा प्रबुद्ध समूह गठन गरेको, सो प्रबुद्ध समूहले काम गरिरहेको र आगामी जुलाइसम्म काम सक्ने जानकारी दिनुभयो।

नेपाली बैंकहरूमा रहेको भारतीय नोटको विषयमा मोदीले ठोस जवाफ नदिएको बताउँदै उहाँले ऊर्जा बैंक खोली दुबै देशको आवश्यक समयमा विद्युत उपभोग गर्ने गरी व्यवस्था गर्नेतर्फ छलफल भएको दावी गर्नुभयो।

नेपाली मेडिकल काउन्सिलले दिएको मान्यतालाई भारतीय मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने विषयमा मोदीको ध्यानाकर्षण गराएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यसपालिको भ्रमणका क्रममा कुनै पनि कुरा, कुनै शब्द र कुनै व्यवहारले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, आफ्ना मामिलामा आफैं निर्णय गर्ने अधिकार तथा भौगोलिक अखण्डताको विषयमा हामीले कमजोर हुने गरी सम्झौता हुन दिएका छैनौँ, यसको जिम्मेवारी लिन तयार छु।’ सम्बोधनको क्रममा उहाँले आफू छिट्टै चीन जान लागेको जानकारी दिनुभएको थियो। नेपाल समाचारपत्रमा खबर छ ।





Comments

comments

Leave a Reply

23220