लालबाबु प्रकरण: फोरमको बचाउ राजपा मौन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ।

राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाँहदैनन्।

स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरु र पैदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराईएको थिएन।

प्रदेश २ को मन्त्रिपरिषद बैठक नियमित रुपमा हप्तामा सोमबार र विहीबार बस्ने गर्छ । तर त्यो हप्ता विहीबार बैठक बस्न सकेन । पछिल्लो बैठक सोमबार बसेको थियो।

कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे कुनै चर्चा नभएको राजपाबाट प्रदेश २ का सरकारमा प्रतिनिधित्व गरेका एक मन्त्री बताउँछन्। ,आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23243