Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
वेलायतमा पत्रकारहरुबीच भिडन्त – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

वेलायतमा पत्रकारहरुबीच भिडन्त

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-

जेष्ठ १,लण्डन। नेपाल पत्रकार महासंघ बेलायतको शनिवार हुन लागेको चौथो अधिवेशनकालागि लण्डनस्थित एभरेष्ट सोलिसिर्टस कार्यालयमा विभिन्न पदकालागि सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन्।

कार्यालयमा विहान १० देखि दिउँसो २ बजेसम्म भएको मनोनयन दर्तामा अनावश्यक रुपमा उम्मेदवारी दर्ता भएपछि अल्डरसर्टको एम्पारहलमा पत्रकारहरुबीच रोचक भिडन्त हुने भएको छ।

शाखाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष नरेश खपाङ्गी र उपाध्यक्ष ध्रुवराज अर्याल, बरिष्ठ उपाध्यक्षमा श्याम लुईटेल,खेमराज रानाभाट,लिलामान शेरपुन्जा र दिनेशकुमार परियार महासचिबका लगि विमला सेने लिम्बु, सञ्जयभक्त कडेल, नरेन्द्र बस्नेत र ४ वटा विभिन्न संघ–संस्थाका महासचिब खुशी लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ ,सिद्धार्थविक्रमबीच रोचक भिडन्त हुने भएको छ।

संघका वर्तमान सह–कोषाध्यक्ष रोशन मेवाहाङ्ग निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष खपाङ्गीलगायत उपस्थित सदस्यहरुले पत्रकार मेवाहाङ्गलाई मनोनयन कार्यलायमा बधाई तथा नयाँ कार्यकालको शुभकामना दिएका थिए। सदस्यहरु ८ पदकालागि ९ जना मञ्जु भण्डारी खरेल, सुरेन्द्र इङ्गनाम, नरेश काङमाङ राई, बोमबहादुर थापा, विश्वासदीप तिगेला, जीवन सेन,तिर्थबहादुर मल्ल र नरेन्द्रराज नेम्बाङले उम्मेदवारी दिएका छन्।

चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयनकालागि विजय थापाको संयोजकत्वमा अधिवक्ता राजु थापा, बरिष्ठ पत्रकार दुतबहादुर पुन,विकल आचर्य र चिरन शर्मा निर्वाचन समिति रहेका छन् । संघको अधिवेशनमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिब रमेश विष्ट लण्डन आउने भएका छन्।





Comments

comments

Leave a Reply

23247