आमालाई सहनै नसक्ने दुर्व्यवहार गरेपछि यसरी गरियो हत्या

काभ्रे, १९ जेठ । बुबाको निधन भएको चार महिना नपुग्दै आमामाथी भएको ज्यादती सहन नसकेर चुप्पीको आक्रमणलाई रोक्न खोज्दा बाँसको भाँटा र रडले प्रहार गर्दा छिमेकीको निधन भएको बयान दिएका छन्।

बनेपा नगरपालिका वडा नम्वर ११ घट्टेखोलामा जेष्ठ १४ गते राति ८ बजे ३७ बर्षीय इश्वर थापाको कुटपिटबाट निधन भएपछि प्रहरीले गरेको अनुसन्धानमा घटनामा संलग्न १८ बर्षिय बसन्त खड्काले प्रहरीलाई आमालाई गरेको अत्याचार सहन नसकी रड प्रहार गरी भागेको बताए।

पक्राउ परेका बसन्तले भने– ‘हरेक दिन जसो मेरी आमा मेनुका खड्कालाई इश्वर थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई कुटपिट गर्दै आएका थिए । जेष्ठ १४ गते दिउसो हामी कोहि नभएको बखतमा मेरी आमालाई कुटपिट गरी मरणासन्न पारी बुबा र आमाको नागरिकता, लालपुर्जा समेत खोसी लगेका रहेछन् । वर्कशपमा काम गरेर घर पुग्दा आमाको दयनिय अवस्था देखें । साथी वर्ष २२ को राजु सिग्देललाई पनि सँगै लिएर इश्वर बस्ने अस्थायी टहरामा पुगें । मैले बाँस लिएर गएको थिएँ । हातखुट्टा मात्रै भाँच्ने उदेश्यले हामी गएका थियौ ।

उसले घर भित्रबाट हामीलाई काट्न चुप्पी बोकेर आयो । बाँसको भाँटाले हातमा हान्दा पनि चुप्पी छाडेन । उसले उल्टै आक्रमण गर्न आयो । हामीले लालपुर्जा र नागरिकता माग्दा समेत दिन मानेन । उल्टै आमा माथी अपशब्द प्रयोग गर्न थाल्यो ।

घरमा त्यो अवस्थामा छाडेर गएकी आमालाई गरिएको ब्यवहार सहन सकिन । साथीले पनि मलाई आक्रमण गर्न रोक्दै थियो । मैले बाँसले हान्दा पनि त्यो नढलेपछि फलामको रडले हानें । केहि पटक हानेपछि उ ढल्यो । हामी फर्कियौं । राति नै हामी विराटनगरतर्फ लाग्यौं । भोलिपल्ट हजुरआमाले उ मरेको कुरा भन्नु भयो । हामीसँग खाने र भाग्ने पैसा थिएन । दाजुलाई फोन गरेर खानका लागि पैसा पठाईदिन भनेका थियौं । त्यतिनै बेला प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’

लक्ष्मण भनिने बसन्त खड्काको घर सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस ३ भई कापजी बनेपा नगरपालिका वडा नम्वर ४ बस्दै आएका थिए । बाबु गणेशबहादुर खड्काको चार महिना निधन भएको थियो । बसन्तका साथी सिग्देल सोहि दिन मात्रै उनीसँग गएका थिए ।

बनेपा नगरपालिका वडा नम्वर ४ बस्ने २२ बर्षिय राजु मजदुरी गर्दै आएका छन् । प्रहरीले इश्वरलाई पटक पटक मादक पदार्थ सेवन गरी अपशब्द बोलेकोमा पक्राउ गरी कारवाही गर्दै आएको थियो । घटनाका दिनमा पनि मेनुकालाई इश्वरले कुटपिट गरेका थिए । नाताले उनिहरु भिनाजु र साली हुन् । ईश्वरको श्रीमती नभएकाले एक्लै बस्दै आएका थिए । मेनुका माथी पटक पटक दुब्र्यवहार गर्दै आएका इश्वरको हातखुट्टा भाँचिएको अवस्थामा उनकै टहरा छेउमा शब फेला परेको थियो ।

प्रहरीले घटनामा सँलग्न बसन्त र राजुलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जानकारी दिए । पत्रकार सम्मेलन गरी घटनाको बारेमा बताउँदै शाहले मेनुकाको घाउचेक जाँच गरी उपचार गरिएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23449