यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन्।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए।

उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन्।

समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने नखुलेको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

23670