बाल्टिमोरमा पशुपतिनाथ मन्दिरको उद्घाटन

विजय थापा / एचकेनेपाल डट कम –

वाशिंगटन डिसी। बाल्टिमोरस्थित पशुपतिनाथ मन्दिरको आइतवार विधिवत उद्घाटन भएको छ। अमेरिकाको लागि मरिससका राजदूत सुरज फोकिरको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भएको हो।

आइतवारदेखि सर्वसाधारणका लागि पशुपतिनाथको दर्शनको लागि खुला गरिएको छ । मरिससका राजदूतले औपचारिक कार्यक्रम प्रारम्भ हुनु अगाडिदेखि नै पूजा पाठमा सहभागी भएका थिए।

महाबाणिज्यदूत प्रेमराजा महत ,डा बिशाल भण्डारी ,मन्दिरका सभापति श्रीवास दास ,उपसभापति विश्वराज गौतम ,बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त ,बानाका पूर्व अध्यक्ष ,मन्दिर विकास समितिका सभापति श्रीकान्त नायक ,प्रवासी नेपाली मंच अमेरिकाका सभापति प्रभु थापा ,मन्दिर कोष वृद्धिकी संयोजक कल्पना अधिकारीलगायत बाल्टिमोर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा पुष्प ,जल ,दुध चदाउदै सबै बिधि अनुसार शिव लिङ्गको अनावरण गरिएको थियो।

गत जुन १० तारिख देखि १६ तारिख सम्म सप्ताहब्यापी श्रीमद भागवत महापुराण लगाईएको थियो । गत जुन १० तारिखबाट सुरु भएको महापुराण कथा नेपालबाट आउनु भएका नेपाली कथा वाचक पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइरालाले वाचन गरेका थिए।

नेपालको पशुपतिनाथ मन्दिरको जस्तै दुरुस्त जस्ताको त्यस्तै (रेप्लिका ) भएको शिव लिङ्क मूर्ति जुन विश्व मै हिन्दु मन्दिरमा नेपालको पशुपतिनाथ बाहेक दोश्रो बाल्टिमोरमा रहेको छ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा अर्चना हुन्छ शत प्रतिशत बाल्टिमोरको पशुपतिनाथमा पनि त्यहि प्रकृयाबाट नित्य पूजा अर्चना हुनेछ।

उक्त पशुपतिनाथ मन्दिरमा शिव लिङ्ग ,गणेशको मुर्ति तथा शिव पार्वतीलगायत प्रतिमाहरु स्थापना गरि सकिएको छ ।





Comments

comments

Leave a Reply

23672