मिजारको शव दुई वर्षदेखि अस्पतालमै

काठमाडौं – दुई वर्षअघि मारिएका काभ्रे होक्से–३ का १८ वर्षीय अजित ढकाल मिजारका आमाबावुले न्याय नपाएसम्म छोराको शव नबुझ्ने बताएका छन्।

मिजारका पिता हरिभक्त ढकाल मिजारलेभने, ‘हामीलाई सरकारले न्याय दिएन, न्याय नपाएसम्म छोराको शव बुझ्दैनौं।’

घरमा बसिरहेका बेला अजितलाई कसैको फोन आएपछि तामाघाटबाटै बेपत्ता भएका छोरा धादिङमा मृत अवस्थामा फेला परेका थिए। छोराको मृत्युमा मिजार दम्पत्तिले काभे्रकै भोजबहादुर भन्ने धु्रव पराजुली, मनोज पराजुली र सम्झना पराजुलीविरुद्ध किटानी जाहेरी दिएका थिए। उनीहरुलाई गत जेठ २० गते जिल्ला अदालत धादिङले सफाइ दिएको थियो। जाहेरीपछि प्रहरीले अभियुक्त तीनै जनालाई २५ दिन थुनामा रोखर २५ हजार धरौटमिा छोडेको थियो। अदालतले आरोपितहरुलाई सफाइ दिएपछि उनीहरुले सरकारबाट न्याय नपाएको भन्दै सरकारको अनुसन्धान र कारबाहीप्रति अस्वीकार जनाएका छन्।

२०७३ असार २९ गते घरबाटै बेपत्ता भएका मिजारको शव साउन ३० गते धादिङको गजुरी प्रहरीले फेला पारेपछि बेवारिसे शव भन्दै गाडेको थियो। सामाजिक सञ्जालमा छोराको मृत फोटो देखेपछि मिजार परिवार रातारात धादिङ पुगेको थियो। धादिङ पुगेर परिवारले प्रहरीसँग शव मागेको थियो । तर प्रहरीले शव दिन आनाकानी गरेपछि राािष्ट्रय दलित आयोग र दलित अधिकारकर्मीहरुको पहलमा शव उत्खनन गरिएको थियो। गजुरी प्रहरीले अजित नजिककैको टहरामा झुन्डिएको अवस्थामा देखेपछि शव गाडेको जनाएको थियो।

छोराको आत्महत्या नभई अन्तरजातीय विवाहका कारणले हत्या भएको भन्दै बुबा हरिभक्तले सोही दिन गजुरी प्रहरी चौकी धादिङमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तामाघाटको मंगेल उच्च माविमा अध्ययनरत छात्रा कल्पना पराजुलीसँग अतिजले सोही वर्ष असार २६ गते विवाह गरेपछि उनको हत्या गरिएको परिवारको आरोप छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23674