रोकिएन सुन तस्करीः नागढुंगाबाट ९ केजी सुन बरामद !

प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ। आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो।

आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् ।

धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा. ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको खबर नयाँ पत्रिकामा छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो।

प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए।





Comments

comments

Leave a Reply

23868