यसरी नाप्दै छ सगरमाथाको उचाई

सरकारले सगरमाथाको उचाई मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो।

मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना छ।

नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ ।

‘असोजसम्म शेर्पा टोलीमार्फत जिपिएस सिस्टम सगरमाथाको शिखरमा पु¥याउने लक्ष्य छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘प्राविधिक टोली सगरमाथा आरोहण गर्ने अवस्थामा हुँदैन, शेर्पाहरूलाई जिपिएस उपकरण पठाएर उचाइ मापन गर्छौँ । त्यतिन्जेल थुप्रै तयारी गर्नुपर्नेछ।’

असारसम्म सिरहाको मदारस्थित नेपाल–भारत सिमानाबाट सोलु सदरमुकाम सल्लेरीसम्म १७० किमि सीमामा जिपिएस प्रणालीबाट सडक लेभलिङ सर्भे भएको भट्टले बताए। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

24100