धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको खबर कान्तिपुरमा छापिएको छ।
शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)