काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ।
उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको खबर नेपाल समाचारपत्रले छापेको छ।
सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बिमा र खाजाखर्च रहेको छन्।
महानगरमा करिब १८० जना जनप्रतिनिधि छन् । कर्मचारी तलब सुविधामा ७७ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, कर्मचारी ओभरटाइम भत्ताबापत ७५ लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, सल्लाहकारलाई तलब र पारिश्रमिक बापत ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विकास निर्माणको पाटोलाई थाती राखेर कामपाले सल्लाहकारलाई मात्र यति धेरै रकम विनियोजन गरेको हो।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)