सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी

काठमाडौं – आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको खबर नेपाल समाचारपत्रठमा छापिएको छ।

संविधनको धारा १२८ को उपधारा ४ मा अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने उल्लेख छ।

सर्वोच्चले चारपटकसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिए पनि सरकारले सर्वोच्चबाटै पक्राउ गर्दै आएको छ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रबार अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिएको हो।





Comments

comments

Leave a Reply

24835