Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहाराको आधारभूत फुटवल प्रशिक्षण सम्पन्न

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा ७, कार्तिक। सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा संचालन भएको एक हप्ते आधारभूत फुटवल प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ।

जिल्ला खेलकुद विकास समिति कास्की र कास्की जिल्ला फुटवल संघको बिषेश सहयोगमा संचालन भएको उक्त प्रशिक्षणमा पोखरा क्षेत्रका करीब ७० जना १२ देखि १४ बर्ष उमेर समूहका वालकहरु सहभागि भएको कार्यक्रम संयोजक तथा क्लवका उपाध्यक्ष हरिराम गुरुङ सुरजले बताए। उक्त प्रशिक्षणमा राष्ट्रिय खेलाडी मनबहादुर तामाङ, सविन श्रेष्ठ र लक्ष्मण जिसी तथा प्रमुख प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराएका थिए।

क्लवका सल्लाहकार परिषदका अध्यक्ष विक्रम थकालीले एक समारोहका विच प्रशिक्षणको समापन गर्दै प्रशिक्षकहरुलाई प्रमाण पत्र वितरण गरेका थिए। दशैं तथा तिहार पर्वको अवसरमा वालकहरुलाई फुटवल खेलतर्फ आकर्षण गर्न उक्तप्रशिक्षण संचालन गरेको संयोजक सुरजले जनाए।

यसै विच सहारा क्लवले यस बर्ष पनि दिपावली पर्वको अवसरमा देउसी भैलो कार्यक्रम संचालन गर्दै छ। सहारा एकेडेमीको सहयोगार्थ क्लवले नेपाली कला संस्कृतिको संरक्षण गर्दैै उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

2489