विमानस्थलमा मानव तस्करको डर लाग्दो सेटिङ…

दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो ।

उनीहरु तयसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो।

तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शंका बढेको खबर कान्तिपुरमा छ।

पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो।

साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए।

विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दूरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके।





Comments

comments

Leave a Reply

24929