ब्रिटिश गोरखाले गैरआवासीय नेपाली नागरिकता लिंदा के हुन्छ? थाहा पाउंनुहोस्…

ब्रिटिश गोरखा समुदायलाई नागरिकता सम्बन्धी महत्वपूर्ण सल्लाह

– सन्तोष थलङ

* बेलायतको सम्मानार्थ नागरिकता प्राप्त ब्रिटिश गोरखा परिवारलाई नेपाल सरकारको कुनै पनि निकायले वंशजको नेपाली नागरिकता जफत गर्ने वा यसको बैधानिकताबारे प्रश्न गरे तपाईं नडराउनुहोस, नागरिकता समर्पण नगर्नुस्।

* तपाईं दृढताका साथ उसलाई प्रतिप्रश्न गर्नुस कि नेपाल सरकारले बिशेष सन्धी गरी बेलायती सेनामा पठाएको र बेलायतले सेवाको कदर गर्दै सम्मानार्थ बेलायती नागरिकता दिंदा हाम्रा वंशजको नेपाली नागरिकता संबिधानको कुन दफाले वा कुन कानुनले जफत या निष्कृय हुन्छ ? स्मरण रहोस्, अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकले प्राप्त गरेको जन्मशिद्ध र वंशजको नागरिकता आफ्नो स्वेच्छाले बुझाएको बाहेक सरकारले खोस्न मिल्दैन।

* ब्रिटिश गोरखाका नागरिकताका बिषयमा संबिधान संशोधनमार्फत प्रष्ट व्यवस्था गर्न “ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति युके,नेपाल”, (BGNCSC-UK/Nepal) र नेपाल सरकार, संसदबीच संशोधनको सकारात्मक प्रकृया अघि बढिरहेकाले यस बिचमा कसैले ब्रिटिश गोरखाका नेपाली नागरिकताबारे प्रश्न उठाउनु न्यायोचित मान्न सकिदैन। यदि कसैलाई यो बिषयमा समस्या र थप परामर्श चाहिए BGNCSC- UK/Nepal नेपाल र “भूपू सैनिक कल्याणकारी समिति नेपाल” लाई सम्पर्क गर्न सक्नुहुनेछ।

* ब्रिटिश गोरखा परिवारहरुले कसैको बहकाई या कसैले डर त्रास देखाएको आधारमा आफ्नो वंशजको नेपाली नागरिकता छंदा-छदै, “गैरआवासीय नेपाली नागरिकता” लिने भूल नगर्नुहोला । यसो गर्नुभयो भने तपाईंले भावी सन्ततिहरुको वंशजको नेपाली नागरिकता सधैंलाई गुमाउनुहुनेछ।

* यि सबै समस्याहरुको दीर्घकालीन समाधान गर्न ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति (BGNCSC) को निर्णायक अभियानमा तत्काल सहभागी भई एउटा ऐतिहासिक काममा आफ्नो नाम लेखाउन नचुक्नु होला । जो पछि तपाईं कै भावी सन्ततिहरुले पढ्नेछन।
* जय गोरखा !!!

१९ सेप्टेम्बर २०१८

(थलङ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति (युके/ नेपाल) का प्रमुख संयोजक हुन्। सं.)





Comments

comments

Leave a Reply

24936