नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् ।

नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको समाचार राजधानी दैनिकमा छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२/१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । नेकपाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो।

सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका तीन/तीन जना इन्चार्ज छन् भने दाहाल पक्षका एक जना मात्रै छन्। यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको छ।





Comments

comments

Leave a Reply

24967